रास्वपा सभापति लामिछाने अदालतले मागेको एक करोड धरौटी बुझाई चितवन लागे
काठमाडौं ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतले मागेको एक करोड धरौटी बुझाएका छन् । उनले धरौटीका रूपमा एक करोडको बैंक ग्यारेन्टी पेस गरेको अदालत स्रोतले जानकारी दिएको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २९ जनामाथि मुद्दा चलाइएको छ । आज भएको थुनछेक बहसपश्चात् न्यायाधीश रुद्र सुबेदीको एकल इजलासले लामिछानेसँग एक करोड धरौटी मागेको हो ।
अदालती प्रक्रियामा अल्झिनुपरेकाले लामिछाने आज चितवनमा आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्न जान पाएनन् । उनले वारेसमार्फत मनोनयन दर्ता गरेका थिए ।
अदालतमा धरौटी बुझाएपश्चात् केही बेर अघि लामिछाने चितवन लागेका छन् । धरौटी बुझाउन नसकेको भए उनी थुनामा रहनुपर्ने हुन्थ्यो ।















प्रतिक्रिया दिनुहोस्