कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई अधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो ।

सर्वोच्चले आयोगको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै तत्कालका लागि निर्वाचन आयोगको निर्णय अनुसार अघि बढ्न गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको हो ।

आइतबार दायर भएको उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाई भएको हो ।

अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

त्यसो त निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ ।

सोही अनुसार गगन थापा नेतृत्वको नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनका लागि देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्