शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पनि राजीनामा दिए
काठमाडौंं, ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पनि राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मा पाएको सुशीला कार्की सरकारका दुई मन्त्रीले मंगलबार नै राजीनामा दिइसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्