रूकुम पूर्वमा कांग्रेसका नेतृ कुसुम थापा मगर प्रचण्डसँगे भिड्ने

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने भएको छ ।

२१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेतृ थापालाई उम्मेदवार बनाउने भएको हो ।

नेतृ थापाले आफूलाई पार्टीले उम्मेदवार बनाएको पुष्टि गरेकी छन् । यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्दै छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा रूकुम पूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर विजयी भएका थिए ।

कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा लडेका उनले १२ हजार २६२ मत पाएका थिए ।

घर्तिमगरका निकटतम् प्रतिद्वन्द्वी कैलाशकुमार मल्ल ९नेकपा एमाले०ले ५ हजार २११ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्री ८९६ मतसहित तेस्रो भएका थिए । यसले पसंयोजक प्रचण्डलाई कत्तिको सहज होला परिणामले बताउने छ । नेतृ थापा स्थानीय नेता हुन् भने प्रचण्ड आयातीत नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्