राजीनामा दिंदै निर्वाचनमा होमिदै मन्त्रीहरु, सञ्चारमन्त्री खरेलले पनि राजीनामा दिंदै

 

काठमाडौं, ५ माघ । धमाधम राजीनामा बुझाउँदै निर्वाचनमा होमिदै छन् मन्त्रीहरु । यस्तै सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।
उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।

चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।
यस्तै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि आजै राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्