पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो
काठमाडौं, ५ माघ । माघ लागेसँगै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू(भागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । साथै तराई भू(भागका थोरै स्थानहरूमा हुस्सु रहेको छ।
आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।















प्रतिक्रिया दिनुहोस्