धरानमा भएको बस दुर्घटना ५ जनाकै पहिचान खुल्यो, घाइते १३ जना उपचारत

काठमाडौं, ४ माघ । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ ।

शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुवाहक दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै पहिचान खुलेको सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले बताए ।

उनका अनुसार मृत्यु हुनेमा गैदाभेटपुर महोत्तरीका धरिया कुमार यादव, जनकपुरका १८ महिने बालक, जनकपुरकै रिषम कुमार मण्डल, सुनसरी वराहक्षेत्र ३ घर भई धरान बस्दै आएका ओमेश राई झापा मेचीनगरका, नयन थापा मगर, र धरान(१३ की सुवेक्षा सुब्बाको मृत्यु भएको छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धनकुटाको भेडे टारबाट आउँदै गरेको बस पश्चिमपट्टिको मेडिकल हलमा ठोक्किएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नाम्सारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते १३ जनालाई अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्