आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ४ माघ। आज राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार मध्यान्ह सवा १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१(०८२ माथि छलफल हुनेछ ।















प्रतिक्रिया दिनुहोस्