भ्यान र स्कुटर ठोक्किंदा एकको मृत्यु, २ जना घाइते
काठमाडौं, ३ माघ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।
घाइते मध्य स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका-८ घर भई हाल देवचुली नगरपालिका-९ मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवारी देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भेन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्