उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता
काठमाडौं, १ माघ । भर्खरै उदाउँदै गरेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले जेनजी आन्दोलनको भावनालाई समेट्ने भन्दै पार्टी गठन गरेका थिए ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकता भङ्ग भएसँगै समानुपातिकमा छुटेको छ । समानुपातिकमा छुटेको उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमा १७ जनाको नाम समावेश गरी पार्टी एकीकरण भएको हो ।
पार्टी एकीकरण गरेसँगै पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्ष दिएको छ । त्यस्तै, पोर्तेल पार्टीका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य दिने गरी समझदारी भएको छ ।















प्रतिक्रिया दिनुहोस्