टुँडिखेलमा माघी पर्व: मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की
काठमाडौं, १ माघ । मगर र थारु समुदायले काठमाडौँको टुँडिखेलमा माघी पर्व र माघे सङ्क्रान्ति पर्व मनाइएको छ । अन्य समुदायले माघे सङ्क्रान्तिका रूपमा मनाउने माघ १ गतेलाई थारु समुदायले भने माघी पर्वको रुपमा मनाउँछन् । काठमाडौँको टुँडिखेलमा माघी पर्व उनीहरुको नयाँ वर्ष प्रारम्भ भएको छ ।
त्बतब दयह ज्ञ
प्रधानमन्त्री सुशीला कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित थारू राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उनले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेसका विभिन्न जिल्लामा बसोबास रहेको थारू समुदाय देशविदेशमा समेत फैलिँदै गएको बताइन्।
जो जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुशरण गर्नुपर्ने उनको भनाइ छ।
उनले माघ १ गते नेपालका विभिन्न समुदायहरूले फरक फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताइन्।
चाडपर्व मनाउने शैली फरक फरक भए पनि त्यसको मर्म एउटै रहेको उनको भनाइ छ।
उनले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गरिन्।
उनले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताइन्।
उनले भनिन्, ‘पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म, तराई मधेसका विभिन्न जिल्लामा सघन बसोबास रहेको थारू समुदाय आज काठमाडौंमा हुँदै देशविदेशमा फैलिएको छ। जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परा हाम्रो साझा दायित्व हो। यही चेतनको प्रतिकका रूपमा आज हामी काठमाडौंमा यति भव्य रूपमा माघी पर्व मनाइरहका छौँ।’
उनले अगाडि भनिन्, ‘यही नै हामी नेपाली हुनुको सुन्दर विशेषता हो। माघ १ गतेको दिन नेपालका विभिन्न समुदायहरूले फरक फरक नाम, शैली र परम्परा अनुसार चाडपर्व मनाउने गरेका छौँ। तर चाडपर्व मनाउने शैली फरक फरक भए पनि त्यसको मर्म एउटै छ, आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व। हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
















प्रतिक्रिया दिनुहोस्