काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री, तराईमा हुस्सु/कुहिरो

काठमाडौं, ३० पुस । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेन्टिग्रटसम्म मापन भएको छ ।

आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रटसम्म न्यूनतम तापक्रम मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए ।

ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री मापन भएको हो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।

तापक्रम घटेकोले जाडो महसुस पनि धेरै भएको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन ८ ः४५ बजे गरिनेछ ।

यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू÷भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्