भोलि बिहान ८ बजे बस्ने गरि काँग्रेसको केन्द्रीय समितिको बैठक स्थगि
काठमाडौं, २९ पुस । काँग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेर मात्रै बसेर स्थगित भएको जानकारी दिए । सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए । केहीबेरमात्रै बसेको बैठकमा धनराजले भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका थिए ।
आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित गएका थिएनन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ ।
बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।
महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । यसले काँग्रेसलाई निकै संकटमा पारेको छ ।















प्रतिक्रिया दिनुहोस्