महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ ।

बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।

महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । यसले काँग्रेसलाई निकै संकटमा पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्