कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, विशेष महाधिवेशन पक्ष भने सहभागी नहुने
काठमाडौं, २९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । सो केन्द्रीय केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशन पक्ष भने सहभागी नहुने भएका छन् ।
आज बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।
पार्टी विवादबारे आजै दुवै पक्षबीच वार्ता हुँदैछ । त्यसको मिति र स्थान भने तोकिएको छैन ।
आईतबारदेखि सुरु भएको विशेष महाधिवेशन आज महामन्त्रीद्वयको प्रतिवेदनमाथी समुहगत रुपमा छलफल चलिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्