मेयर बालेन्द्र शाह (बालेन) ले माघ ४ गते राजीनामा दिने

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ४ गते राजीनामा दिने बताएका छन् ।

पार्टी निकटकाहरुसँग ज्वागलमा भएको छलफलमा ४ गते राजीनामा दिएर पार्टी गतिविधिमा निस्कने बताएका हुन् ।

सुरेन्द्र चौधरी, लक्ष्मण थारु , करिस्मा कठरिया, कृष्ण न्यौपाने लगायतकालाई आफूले ४ गते राजीनामा बुझाउने बताएका हुन् ।

काठमाडौंको सबै काम सकेर ४ गते राजीनामा दिन्छु तपाइँहरू पनि काठमाडौं छोडेर जिल्लामा जानुहोस्’, बालेनले भनेका थिए ‘चुनावी कार्यक्रम सुदूरपश्चिमबाटै सुरु गर्नुपर्छ ।’

बालेनले सामाजिक सञ्जालमा पनि यस विषयमा सङ्केत गरेका छन् ।

‘४ गते राजीनामा दिने र देश दौडाहामा अभियानमा निस्कने बताउनु भएको थियो रास्वपाका नेता सुरेन्द्र चौधरीले भने ‘उहाँले आफ्नो मनोनयन पछि देश दौडाहामा निस्कने कुरा गर्नुभएको छ ।’

उनले चाडै चुनावी अभियानमा निस्कन आग्रह गरेपनि बालेनले महानगरपालिकाको पदमा हुँदै चुनावी अभियानमा नहिँड्ने बताएको चौधरीले जानकारी दिए ।

‘मेयर पद हुँदासम्म म चुनावी गतिविधिमा हिँड्दिन’ बालेनले भनेका थिए ’४ गते राजीनामा दिएपछि निस्किन्छु ।’

कैलालीको थारु बस्तीबाट चुनावी अभियान सुरु गर्ने बालेनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्