‘अब नेतृत्वले अभिभानी बहुमतलाई लत्याउने चेष्टा नगरुन्ः पूर्वअर्थमन्त्री महेश आचार्य
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले अभिमानी पदाधिकारीलाई विशेष महाधिवेशनले विधिमा आउन बाध्य बनाएको बताएका छन् ।
दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुन्छ । विशेष महाधिवेशनको यो उपस्थितिले विधानसम्मत पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ ।’
उनले अब कुनै पनि पार्टी नेतृत्वले महाधिवेशनको बहुमत प्रतिनिधिलाई लत्याउने चेष्टा नगर्ने बताए । ‘अब अभिभानी पदाधिकारीले महाधिवेशनका प्रतिनिधिको बहुमतलाई लत्याउने चेष्टा गर्ने छैन,’ उनले थपे, ‘विशेष महाधिवेशनले विधिको स्थापना गर्नेछ । भोलिबाट हिजो र आजको जस्तो कांग्रेस रहनेछैन । ’















प्रतिक्रिया दिनुहोस्