कांग्रेस सभापति देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाए

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवा आफू पक्षका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

संस्थापनको रणनीति तयार गर्न देउवाले नेताहरूलाई डाकेको बताइएको छ ।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन(विश्वलाई नेता(कार्यकर्ताको अपार समर्थन देखिएको छ । अहिलेसम्म ५० प्रतिशतको हस्ताक्षर पुगिसकेको र अझै लाइनमा रहेको नेताहरूको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्