रास्वपासँग एकता भाँडियो, घिसिङ बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
काठमाडौं, २६ पुस । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान नियुक्त भएका छन् । आज एक कार्यक्रमकाबीच घिसिङलाई नेपाल पार्टीको अध्यक्षमा नियुक्त गरेको हो। पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने भएका छन् ।















प्रतिक्रिया दिनुहोस्