एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दै
काठमाडौं, २५ पुस । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो ।
सोही निर्णयअनुसार शनिबारबाट दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ ।
बैठकले फागुन २१ को निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।















प्रतिक्रिया दिनुहोस्