काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुल्यो
काठमाडौं, २४ पुस। काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका(३ साँखु(जहरसिंह पौवा सडक खण्डमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको थियो।
उक्त बसमा नेचर हाउस एन्ड हर्ब इन्टरनेसनल कम्पनीबाट पिकनिक गएकाहरू सवार थिए। पिकनिकबाट फर्कने क्रममा बस दुर्घटना भएको थियो।
दुर्घटनामा परी ३१ जना घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ भने ४ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन्।
२३ जनाको भने उपचार भइरहेको छ।
मृत्यु हुनेहरूमा बाँकेको कोहलपुर नगरपालिका ५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुड्डको पाथीभरा(५ घर भई हाल बूढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू छन्।
उनीहरुको उपचार क्रममा काठमाडौंको विभिन्न अस्पतालमा बुधबार बेलुकी मृत्यु भएको हो।
५ जना घाइतेहरूको नारायणटारस्थित शंखरापुर अस्पताल, एक जनाको केएमसीमा, तीन जनाको त्रिवि शिक्षण अस्पतालमा, चार जनाको मुलपानी नगर अस्पतालमा, तीन जनाको सुष्मा कोइराला अस्पतालमा, चार जनाको पिपल्स अस्पताल साँखुमा, तीन जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिकेयर अस्पताल चाबाहिलमा, दुई जनाको दीर्घायू अस्पतालमा र एक जनाको बिएन्डबी अस्पतामा उपचार भइरहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्