कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं, २३ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) पनि बस्दै छ । सोमबारदेखि सुरू भएको कार्यसम्पादन समिति बैठक राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित छ ।
मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको थियो । ११ माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।
कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबारको बैठक बिहान ९ बजे बस्ने जानकारी दिएका छन् । उनका अनुसार मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ(आफ्नो धारणा राखेका थिए ।















प्रतिक्रिया दिनुहोस्