कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक समय सर्याे
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ ।
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो।
आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ।















प्रतिक्रिया दिनुहोस्