एमालेको सचिवालय बैठक सुरु

काठमाडौं, २२ पुस । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।

नेताहरूको कार्यविभाजनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ । देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्