पश्चिमी वायुको प्रभावः हुस्सु/कुहिरो, हिमपात र चिसोले गर्दा दैनिक जनजीवन कष्टकर बन्दै
काठमाडौं, २० पुस । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो कायम रहनेछ ।यसले गर्दा चिसोले जनजीवन अस्तव्यस्त हुने छ ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी महाशाखाले आज राति पनि तराईका भूभागका धेरै स्थानमा कुहिरो लाग्ने अनुमान गरेको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हुस्सुकुहिरो, हिमपात र चिसोले गर्दा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।















प्रतिक्रिया दिनुहोस्