चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला, टाउको अझै परेन फेला
काठमाडौं, १९ पुस। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउकोबिनाको अवस्थामा भेटिएको हो ।
स्थानीयका अनुसार, आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।
दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र मोबाइल फोन ‘स्वीच अफ’ भएएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजतलासका क्रममा जंगलभित्र टाउको अलग भएको अवस्थामा अवस्थामा महतोको शव फेला परेको डीएसपी राईले बताए ।
‘टाउको अझै भेटिएको छैन । टाउकोको खोजी कार्य भइरहेको छ । घटनास्थलमा शवको मुचुल्का भइरहेको छ,’ डीएसपी राईले जानकारी दिए ।
घटनास्थलमा साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले सुष्म रुपमा अनुसन्धान थालेको छ । टाउको कुन स्थानमा फाल्यो भन्ने कुरा अझै अन्योलमै छ । तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धानलाल्इ तिब्र बनाएको छ ।















प्रतिक्रिया दिनुहोस्