भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की नेपाल आउदै
काठमाडौ । भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की गैर आवासिय नेपालीको सहयोगमा विशेष प्रशिक्षण एवं कार्यशाला संचालनका लागि नेपाल आउन लागेका छन् । उनी यही जेष्ठ ३० गते अर्थात १३ जुनमा नेपाल आउन लागेका हुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीमा घर तथा वाग्लुङमा जन्मेका कार्की विगत १० वर्ष देखि अमेरिकाको भर्जिनियामा वस्दै आएका छन् । उनले गत वर्ष जर्जियाको एटलान्टामा सम्पन्न भएको भारत्तोलन प्रतियोगितामा प्रथम स्थान हासिल गरि स्वर्ण पदक जित्न सफल भएका उनी सन् २०१५ मा उत्तर अमेरिका च्याम्पियन पनि वने । उनी भारत्तोलन खेलमा अन्तराष्ट्रिय पदक जित्ने पहिलो नेपाली खेलाडी हुन । “सानै उमेरदेखि भारत्तोलन खेल्ने रुची भएतापनि नेपालमा यसको दक्ष प्रशिक्षण तथा अवसर नपाएकोले यसले सहि ब्यवसायीकता पाउन सकेन । अहिले अमेरिका आएर दैनिक कडा परिश्रम गरेको छु” उनले भने, यसै परिश्रमको फललाई सहि तरिकावाट नेपालमा आएर वाड्न तथा सिकाउन पाउदा म निकै खुशि भएको छु, हाल उनी एनआरएनए अमेरिका खेलकुद उपसमितिका सदस्य समेत छन्।
उनी नेपाल आएर काठमाडौ तथा वुटवलमा पनि प्रशिक्षण साथै अन्तरक्रिया कार्यक्रम गर्नेछन । त्यसका लागि एनआरएनए अमेरिका खेलकुद उपसमितिको प्राविधिक सहयोग तथा त्यसको व्यवस्थापनको कार्य उनकै सहयोगी प्रकाश राईले मिलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्