विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग्यो

काठमााडैं, १८ पुस । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ।

प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा २६६ जना कर्मचारी माग गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

सो फारम विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फाराम भर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्