आज नयाँ वर्ष र राष्ट्रिय पोशाक दिवस मनाउ मनाईंदै

काठमाडौं, १७ पुस। इस्वी सम्वतको नयाँ वर्ष आज धुमधामकासाथ मनाईदै छ । यो सँगै आज नेपालीको पहिचान बोकोको राष्ट्रिय पोशाक दिवस तथा नेपाली टोपी दिवसको रुपमा मनाउने मनाईन्छ ।
विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।

यही क्रममा विहीबार बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गर्दैछन् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा दिवसको कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

नेपाली टोपी दिवस राष्ट्रिय पोशाक दिवसको रुपमा केहि वर्षदेखि मनायँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्