भदौ २४ गते देश जलिरहँदा प्रमुख पार्टीका दुई जना ले राजा ल्याएर देश जोगाउन फोन गरेको थापाको खुलासा

काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले गत भदौ २४ गते देश जलिरहँदा अहिलेका प्रमुख पार्टीका दुई जना नेताले फोन गरेर राजा ल्याएर देश जोगाउन प्रयास गर्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

बुधबार राप्रपासँगको एकता घोषणालाई सम्बोधन गर्दै थापाले नाम नखुलाई त्यस्तो प्रस्ताव आएको बताए । साथै उनले आवश्यक परेको अवस्थामा ती नेताको नाम समेत बताउने बताए ।

‘एउटा सानो घटना जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति ११ बजेतिर मलाई अहिलेका प्रमुख राजनीतिक दलमध्येका २ नेताले फोन गर्नुभयो’, उनले भने, ‘अहिले नाम भन्दिनँ, आवश्यक पर्‍यो भने भनौँला । जब सर्वोच्च, सिंहदरबार, नेताहरूको घर जलिरहेको थियो ।

त्यसवेला उहाँहरूले फोन गरेर कमलजी देश जलिसक्यो, जोगाउनुपर्छ तपाईँले केही प्रयास गर्नुभयो भने जोगाउन सक्नुहुन्छ कि रु राजालाई त ल्याउनै पर्‍यो देश जोगाउनै पर्‍यो ।’

उनले ती दुवै नेताको बोली उस्तै रहेको भन्दै आफूहरू राजनीतिक वातावरण तयार गर्ने भन्दै राजा ल्याउन भूमिका खेल्न आग्रह गरेको बताए ।
‘तपाईँले भूमिका खेल्नुस् भन्नुभयो । तर मेरो हैसियत थिएन र प्रयास गर्ने कुरा पनि भएन’, थापाले भोली फेरि त्यस्तै घटना दोहोरिन सक्ने भएकाले राजसंस्था अपरिहार्य बनेको भन्दै आन्दोलनबाट मात्रै त्यो सम्भव भएको बताए । उनले देश चरम संकटमा परेको छ ।

राजीतिक दलदलमा फसेको उनले बताए । पार्टीलाई शक्ति संचितको लागि आन्दोलनको विकल्प नभएको उनकको भनाई थियो । जागरणको जगमा जेनजी आन्दोलन भएको बताउँदै उनले देशका देशतथा विदेशी शक्तिको आडमा मुलुकको बागडोर गएको उनको भनाई थियो । जेनजी आन्दोलनको आन्दोदन पनि अधुर छ । त्यो शक्ति रराप्रपाले पूरा गर्नु पर्छ । उनले नयाँ पार्टीलाई युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की प्रवृत्ति देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्