विश्वकप फुटबल खेल तालिका सार्वजनिक (नेपाली समयअनुसार)
काठमाडौं । रसियामा अबको १० दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को शुरु हुँदैछ । हरेक चार–चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको सम्पूर्ण तयारी पूरा भइसकेको छ । विश्वकप खेल्ने ३२ राष्ट्रले अहिले पूर्वाभ्यास स्वरुप मैत्रीपूर्ण खेल खेलिरहेका छन् ।
विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । ११ सहरका १२ रंगशाला प्रयोग हुने प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ ।
प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ ।
नेपाली समयअनुसार विश्वकपको खेल तालिका
३१ जेठ २०७५
साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह
१ असार २०७५
साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह
२ असार, २०७५
साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह
३ असार, २०७५
साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह
४ असार, २०७५
साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह
५ असार २०७५
साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह
६ असार २०७५
साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह
७ असार २०७५
साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह
८ असार २०७५
साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह
९ असार २०७५
साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह
१० असार २०७५
साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह
राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह
११ असार २०७५
साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह
१२ असार २०७५
साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह
१३ असार २०७५
साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह
१४ असार २०७५
साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह
प्रतिक्रिया दिनुहोस्