आज सुन र चाँदीको मूल्यमा भारी गिरावट
काठमाडौं, १५ पुस । निरन्तर बढेको सुन र चाँदी मंगलबार भने घटेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
सुनको मूल्य आज एकै दिन प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेको हो। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सुनको मुल्यमा निकै उतढचढाब हुँदै आएको छ ।















प्रतिक्रिया दिनुहोस्