सुन र चाँदी दुवैको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनायो

काठमाडौं, १३ पुस । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा २७० रुपैयाँ बढेर रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य नै हालसम्मको उच्च हो । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन सुनको मूल्यले सो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो रेकर्डलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्