सरकारका प्रवक्क्ता खरेल र नेकपाका संयोजक प्रचण्डबीच भेटवार्ता, निर्वाचनको वातावरण बनिसक्यो: प्रवक्क्ता खरेल
काठमाडौं, ११ पुस । सरकारको प्रवक्क्ता एवं सञ्चार तथा सूिचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलले तीन दलका शीर्ष नेताहरू भेट गरेका हुन्। खरेलको यो भेटपछि भोलि समय निर्धारण गरेर प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छिन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै प्रचण्ड भेट्न हात्तीवन पुगेका हुन्।
शिर्ष नेतासँग भेटपछि प्रतिक्रिया दिंदै मन्त्री खरेलले निर्वाचनको विकल्प नभएको सबै नेताहरुको बुझाई भएको बताए । निर्वाचनमा सबै दलले भाग लिनेमा आफु ढुक्क भएको र पाएको बताए ।















प्रतिक्रिया दिनुहोस्