सरकारका प्रवक्ता खरेल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, ११ पुस । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट तथा छलफल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् ।

निर्वाचन नजिकिंदै गर्दा नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।

आजै उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

यसअघि उनै खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राजनीतिक दलको कार्यालयको पनि निरीक्षण गरेको थियो । यस भेटले सरकार र दलहरुबिचको ध्रुविकरणलाई न्युनिकरण्ढा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्