‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश, देशकै नम्बर वान फेसियल ब्राण्ड 

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १७ वर्षअघि सुरू गरिएको फेसियल हाउस लामो संघर्षबाट अब स्थायित्वतर्फ अग्रसर भएको छ ।

वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जन्माएर हुर्काएको फेसियल हाउसमा उनको २८ वर्षदेखिको निरन्तरता र समर्पणको सुगन्ध छ । फलस्वरुप देशकै नम्बर वान ब्राण्ड बनेको फेसियल हाउस वयस्क बनेसँगै रोजगारी सृजना, प्राविधिक शिक्षा प्रदान, आत्मनिर्भरता र महिला सशक्तिकरणको पर्याय समेत बनेको छ ।

काठमाडौंको सुन्धारास्थिति काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ । उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरिरहेको छ ।

फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्ध निर्देशक समेत रहेकी सुष्मा महराले आफ्नो जीवनको कठिन परिस्थिति, कयौँ सङ्घर्ष र अनेकन दुःख–कष्टहरू पन्छाउँदै आफ्नो व्यवसायलाई १८ वर्षे जवान बनाएकी छिन् । आफूले जन्माएर हुर्काएको व्यवसायले १८ वर्ष टेक्दा आफैंलाई जवान महसुस भइरहेको उनी बताउँछिन् । उनको लगनशीलता र क्रियाशीलताले केवल फेसियल हाउसले स्थायित्व मात्र पाएको छैन यसबाट हजारौँले रोजगारी, प्राविधिक शिक्षा र अमूल्य अनुभव हासिल गरेका छन् । यस्तै, दर्जनौँ महिलाहरू स्वरोजगारमार्फत आत्मनिर्भर बन्न पाएका छन् । महराको सामाजिक क्रियाशीलताले महिला सशक्तिकरणको पाटोमा समेत उल्लेखनीय सफलता हासिल भइरहेको छ ।

फेसियल हाउसले सञ्चालन गर्दै आएको ‘ब्युटी एकेडेमी’ले पेशागत तालिम मात्र नभई नेतृत्व, जिम्मेवारी र आत्मनिर्भर बन्ने अवसर समेत प्रदान गरिरहेको छ । हजारौँ महिलाहरूले यहीँबाट प्राविधिक शिक्षा प्राप्त गरी सौन्दर्य क्षेत्रमा करियर बनाएका छन् भने नेपालमा महिला उद्यमशीलता प्रवर्द्धनमा समेत ठूलो योगदान पुगिरहेको महराको दाबी छ । फेसियल हाउसमा ग्राहकको सौन्दर्यसँगै स्वास्थ्य र सन्तुष्टिलाई प्राथमिकता दिँदै आधुनिक उपकरण, विशेषज्ञ कर्मचारी र प्रगतिशील व्यवस्थापनबाट उत्कृष्ट र विश्वसनीय सेवा प्रवाह भइरहेको उनी बताउँछिन् । महराका अनुसार स्किन टेस्ट, स्किन केयर, हेयर केयर, मेकअपदेखि ग्राहकको आवश्यकताअनुसार विविध सेवाहरू फेसियल हाउसको एउटै छानामुनि उपलब्ध छन् ।

भव्य वार्षिकोत्सव समारोह:
गौरवमय १७ वर्ष पूरा गरी १८औँ वर्ष प्रवेशको अवसरमा फेसियल हाउसले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा भव्य समारोह आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विभिन्न शीर्षकमा उत्कृष्ट ३१ जना कर्मचारी र उत्कृष्ट एउटा शाखालाई अवार्ड प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट तीन जना विद्यार्थीलाई पनि अवार्ड प्रदान गरिएको छ ।

अवार्ड अन्तर्गत १० वर्ष भन्दा धेरै सेवा पु¥याएको, संस्थागत समर्पण, निष्ठा र निरन्तरताको सम्मान गर्दै मञ्जु घिमिरेलाई ५० हजार रुपैयाँ नगदसहित ‘बेष्ट अनर अफ लोयाल्टी, डेडिकेशन एण्ड कन्टिन्यूटी फर अ डेकेड’ अवार्ड प्रदान गरिएको छ । यस्तै, राशी थापा (पोखरा ब्राञ्च म्यानेजर), सुजन बुढाथोकी (चितवन ब्राञ्च म्यानेजर), बिगेन्द्र सिंह बल तामाङ (काठमाडौं ब्राञ्च म्यानेजर), नमिना श्रेष्ठ (सौन्दर्य शिक्षक), सलुजा चौधरी (काठमाडौं ब्राञ्च म्यानेजर), प्रभा थापा (चिफ एकाउन्टेन्ट अफिसर) लाई अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै, उषा सापकोटा, सृष्टी मृङचिङ, सन्ध्या राना, पुनम घर्तीमगर, प्रमिला खाती, मनोज ठाकुर, लक्ष्मी थपलिया, कञ्चन साउद, अस्मिता थापा, कमल ठाकुर, जेनी तामाङ, इशा रानामगर, इन्दु तामाङ, गरिमा शाही, विकास थापामगर, गंगामाया श्रेष्ठ, धन थापा, बिनिता पुराकोटी, विजय कुमार ठाकुर, मिना घर्ती श्रेष्ठ, झरना गुरुङ र अङ्किता लामालाई पनि अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्