लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं, १० पुस । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् ।

‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने ।

उनले भोलि ९शुक्रबार० का लागि आयोगले बोलाएको तर आफू सोमबारमात्रै जाने बताए ।

‘उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु,’ लेखकले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्