अध्यक्ष ओलीलाई ११ किलोको मालासहित बधाई
काठमाडौं, १० पुस । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ ।
एमालेको ११औं महाधिवेशनबाट पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका ओलीलाई काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन् ।
एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेकोमा बधाइ दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेका नेताहरूले शुभकामना दिएका दिए ।
मंसिर २७ देखि पुस १ गतेसम्म काठमाडौंमा भएको ११औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।















प्रतिक्रिया दिनुहोस्