कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने, लेखकलाई बयान दिन जान सुझाव
काठमाडौं, ९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने गरि सकिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको उनले बताए । ‘महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यताको प्रगति सन्दर्भमा उहाँ ९कार्यबाहक सभापति०ले आफ्नो कुरा राख्नुभयो,’ उनले भने ।
बैठकमा सहभागी नेताहरूले अन्य केही विषयमा थप टिप्पणी गर्ने काम भएको र यो क्रम भोलि पनि जारी रहने प्रवक्ता महतले बताए ।
यस्तै बैठकमा पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो ।
‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई वयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो । सुझाव दिने साथीहरूले वयान दिन जानू राम्रो हो भन्नुभयो,’ बैठकमा भएको कुराकानीबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले बताए ।
लेखकलाई हिजो मात्रै बयानका लागि आयोगले बोलाएको थियो ।















प्रतिक्रिया दिनुहोस्