तराईमा कठ्यांग्रिन्दो चिसो, बरालमा सुत्न वाध्य

काठमाडौंं, ९ पुस। अत्यधिक जाडोका तराईमाख कारण मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । पुसको दोस्रो साता हुँदै गर्दा कठ्यांग्रिदो चिसमे छ । तराईका जिल्लाहरुमा हुस्सु र कोहिरोले ढाकेकाले घाम लाग्दैन । सितलर परेको छ ।
यस्तै धनुषा हंसपुर नगरपालिका २ बघचौडाका ६२ वर्षीय बौएलाल सदा रातभर निदाउन सक्दैनन् । पातलो चादर ओढेर परालमा सुत्ने सदालाई त्यत्तिले जाडो छल्न मुस्किल पर्छ । चिसोले निद्रा नपरेपछि उनी राति नै घुर बालेर ताप्छन् ।

‘हामी गरिब मान्छे । भरपेट खान त मुस्किल छ । ओढ्ने(ओच्छ्याउने कहाँबाट ल्याउनु रु,’ मंगलबार मध्याह्न आँगनमा बसेर धान छान्दै गरेका उनले दुखेसो पोखे, ‘तल पराल ओछ्याउँछु । माथि पातलो चादर ओढ्छु । यसले जाडो थेग्दैन । धेरै जाडोले निद्रा नलागेपछि घुर ताप्छु । जिउ तताएर फेरि सुत्ने प्रयास गर्छु ।’

सदाकी श्रीमती सनेचरी देवी पनि ओछ्याउने(ओढ्नेको अभावमा जाडोले कठ्यांग्रिन्छिन् । ऐलानी जग्गामा खर(परालको छानो भएको १५ वर्ष पुरानो घर जीर्ण भई ढल्ने अवस्थामा पुगेको छ । त्यही घरमा सदा दम्पतीको गुजारा चलिरहेको छ ।

खेतमा झरेका धानका बाला बढारेर सफा गरी कुटेको चामल खाएर दुवैजनाको साँझ(बिहान कट्छ । उनीहरूका लागि एउटा न्यानो कम्बल किन्नसमेत पैसा छैन ।

त्यही बस्तीका केही मुसहर परिवारका घर जनता आवास कार्यक्रमअन्तर्गत मधेश सरकारले बनाइदिएको छ । तर सदा दम्पतीलाई जाडो छल्न घुर र परालकै भर छ ।

उनका कान्छा छोरा रामशरणको परिवारका ६ जना सदस्य पनि अर्को फुसकै घरमा पराल र एउटा कम्बलको सहारामा रात काटिरहेका छन् । स्थानीय र प्रदेश सरकारले आफूहरूबारे कहिल्यै नसोचेको भन्दै सदाले कठ्यांग्रिएर रात काट्न बाध्य भएको गुनासो गरे ।

उनकै छिमेककी ६५ वर्षीया केसोदेवी सदा पनि दिउँसो करिब १२ बजेतिर अँगेनामा घुर ताप्दै थिइन् । घुर करिब निभिसकेको थियो । चादर ओढेर घुर नजिक बसेकी केसोदेवीसहित उनका सात जनाको परिवार पराल र एउटा कम्बलको भरमा गुजारा चलाइरहेको छ ।यसले गर्दा गरिबका लागि जोडो निकै पीडादाई हुने गर्छ । जोो मौसम नआए पनि हुन्थ्यो भन्ने पिरलो उनीहरुको छ ।

 

प्रतिक्रिया दिनुहोस्