राष्टपतिसमक्ष प्रधानमन्त्री र शिर्ष नेताबीच निर्वाचन वातावरण बनाउने सहमति

काठमाडौं, ८ पुस । प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा निर्वाचन सम्पन्न गर्नै वातावरण बनाउने सहमति भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री कार्कीसहित कांग्रेसका सभापति देउवा, एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’, राष्ट्रपति पौडेलले छलफलमा भनेको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । यसले औपचारिकपाउने विश्वास वयक्त गरिएको ।
छलफलपछि शिर्ष नेताहरुले राष्टप्रतिसँग छुट्टे छलफल गरेका छन् । भने प्रधानमन्त्री कार्की शितल निवासबाट बारिरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्