राष्ट्रपति पौडेल र प्रधानमन्त्री सुशीला कार्की सहित तीन दलका शीर्ष नेतासँगको छलफल सुरु
काठमाडौं, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की सहित तीन दलका शीर्ष नेतासँगको छलफल सुरु भएको छ ।
छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।
जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहितको यो पहिलो छलफल हो । उनीहरूबीच अहिले शीतलनिवासमा छलफल चलिरहेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ । आजको छलफल निकै सन्भर्दभिक र औचित्यपूर्ण हुने विश्वास गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्