रबि र बालेनबीचको भेट सुखद् सुरुवात
काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबिच भएको भेटवार्तापछि सकारात्मक रहेका प्रतिक्रिया सार्वजनिक भएको छ । रास्वपाका केन्द्रीय सदस्य असिम शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ भएको बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रबि र बालेनबीच
करिब ५ घण्टासम्म चलेको वार्ता भएको बताए ।
मंगलबार शाहले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहबिच कमलपोखरीस्थित असिम शाहकै घरमा लामो भेटवार्ता भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान १ बजेसम्म निरन्तर करिब पाँच घण्टा छलफल भएको हो ।
भेटवार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेसँगै उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।
वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा बैठकस्थलबाट बाहिरिएको सोतले जनाएको छ । थिए ।















प्रतिक्रिया दिनुहोस्