तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको बयानका लागि पत्र पठाउँदै आयोग

काठमाडौं, ७ पुस । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूलाई २/३ दिनको म्याद दिने गरी चिठी पठाउने तयारी गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

‘हामीले म्याद दिएर चिठी पठाउँछौं। एक दुई दिनभित्र चिठी जान्छ,’ उनले भने। काठमाडौं महानगरका मेयर बालेन शाहलाई मानव अधिकार आयोगले बयान लिएको रहेछ जाँचबुझको के छ तयारी ? भन्ने प्रश्नमा उनले भने,‘ अहिले आवश्यक महसुस भएको छैन।’

केही समयअघि पत्रकार सम्मेलनमा ओलीले भने भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ु बोगसु भनेका थिए।

केही समयअघि पत्रकार सम्मेलनमा ओली भनेका थिए, ‘बोगस आयोगले बोलायो भन्दैमा केपी ओली लुरूलुरू बयान दिन जाँदैन।’ पत्र प्राप्त भएपछि अध्यक्ष ओल िके गर्दा भन्ने सबैको

 

प्रतिक्रिया दिनुहोस्