कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच आज पनि भेट, के पक्दै छ खिचडी ?

काठमाडौं, ७ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पनि भेट भएको छ । ओलीले महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् ।

कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।

देउवा(ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो ।

भदौको जेनजी आन्दोलनपछि देउवा(ओलीबीचको यो दोस्रोपटक भेछट हो । यसले काँग्रेस र एमालेबीच कस्तो खिचडी पक्दै छ भन्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्