जेनजी अभियन्ताहरु पक्राउ
काठमाडौं, ७ पुस । प्रहरीले जेनजी अभियन्ताहरुलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट जेनजी अभियन्ताहरु पक्राउ परेका हुन् ।
काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।। सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मिराज ढुंगानासहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।
उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।
माइतीघर मण्डलामा प्रदर्शन
आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।















प्रतिक्रिया दिनुहोस्