बयान दिन मानेन भने गोली ठोके हुन्छः अध्यक्ष ओली

काठमाडौं, ७ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने ठोकुवा गरेका छन्।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्।

प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने ओलीको भनाई छ ।

ुआयोगले छानबिन गर्छ। नतिजा के आउँछ त्यो प्रकाशित गर्दैन,ु उनले भने, ुपहिल्यै निष्कर्ष सुनाएर आउनुभएको व्यक्ति हो। मेरो नाम नै लिएर फलानालाई यसो गर्नुपर्छ भनेर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले बोल्नुभएको थियो। जब उहाँ निष्कर्ष सुनाइसक्नुभएको छ, भने मैले किन बयान दिने। के विश्वासले दिने? जाँचैविना रिजल्ट निकालिसक्नुभएको छ, भने म किन जाँच दिन जाने?

बयान दिएन भनेर गोली हान्न पनि ओलीले चुनौती दिए।

ुबयान दिन मानेन भने गोली ठोके हुन्छ। यत्रो कसुर गर्ने बयान दिन नमान्ने। नतिजा आइसक्यो जाँच दिन नमान्ने यत्रो कसुर गर्नेलाई त हान्दिने नी गोली। उहाँहरूसँग छ त बन्दुक । के सानातिना कुरा गरिराखेको? बयान नगरेबापत आजीवन थुनिदिए हुन्छ,ु उनले भने।

आयोगका अधिकारीहरू घरमै आए उनीहरूलाई स्वागत गर्ने ओलीले बताए।

ुघर आउनुभयो भने सम्मानसाथ स्वागत गर्छु। चिया खुवाउँछु। कुरा गर्छु पठाउँछु,ु उनले भने।

ओलीले आवश्यक परेको अवस्थामा आफू उपत्यकाबाहिर जाने पनि बताए।

ुम बाहिर जान पर्दा जान्छु। भ्यालिबाहिर जान्छु। जतिबेला जानुपर्छ जान्छु। मेरो संवैधानिक अधिकारको प्रयोग गर्न असंवैधानिक सरकारसँग सोध्नुपर्ने मैले? निर्वाचन म काभ्रेबाट लड्छु। म लड्छु रामेछापबाट, पर्वतबाट, आफ्नै निर्वाचन क्षेत्रबाट लड्छु। त्यहाँ जान नपाउने? निर्वाचनमा आउ आउ भन्ने फेरि जान पाइँदैन भन्ने?,ु उनले भने।
यसरी निवर्तमान प्रधानमन्त्री ओलीले सरकारलाई चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्