सभापति लामिछाने र प्रधानमन्त्री कार्कीबीच महत्त्वपूर्ण भेटवार्ता, पुनः राजनीतिक संकट नआओस्
काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । हिरासतबाट निस्किए लगत्तै आइतबार साँझ सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो ।
पार्टी उपसभापतिद्वय डीपी अर्याल, डा.स्वर्णिम वाग्ले नेता शिशिर खनाल र सोविता गौतम सहित बालुवाटार पुगेका लामिछाने सहितको टोलीले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै जेनजी आन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
साथै नेताहरूले संघीय निर्वाचनमा मतदान तथा उम्मेदवारीको उमेर हद घटाउन प्रक्रिया अगाडी बढाउन आग्रह गरेको छ ।
रास्वपाले देशमा पुनः राजनीतिक संकट नआओस् भन्नका लागि आफूहरू सचेत रहेको र निर्वाचन केन्द्रित गतिविधिमा होमिएको सन्देश प्रधानमन्त्रीलाई दिएको नेताहरूले बताए ।






















प्रतिक्रिया दिनुहोस्