पश्चिमी वायुले आकाशमा बादल, छैन पानी पर्ने संभावना

काठमाडौं, ७ पुस । सुनको यो चिसो मौसममा पश्चिमी वायुले आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना नरहेको मौसमविद् पूर्वानुमान महाशाखाले जनाएको छ ।

उनका अनुसार पछिल्लो समय भित्रिएको पश्चिमी वायुले तराईमा लागेको हुस्सु हटाउन भने मद्दत गरेको छ। तराइृको जिल्लाहरुमा कुहिरोेका कारण जनजीवन अस्त व्यस्त भएको छ ।

‘पश्चिमी बायुले बर्षा गराउन नसके पनि बादलले तराईमा लागेको हुस्सु हटाउन भने मद्दत गरेको महाशाखाले जनाएकोछ ।
यो हप्तालाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । अर्को हप्ता भने हिमाली भेगमा थोरै हिमपातको सम्भावना रहेको उनले महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्