सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाँदै
काठमाडौं ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाँदै छन् ।
उनी प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि शुक्रबार मात्र थुनामुक्त भएको थिए । शनिबार अितवनबाट उनी काठमाडौं आएका थिए । लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो । आज पार्टी कार्यालयमा उनको सभापत्विमा बैठक समेत राखेका थिए ।















प्रतिक्रिया दिनुहोस्